
काठमाडौँ, कोरोनाको सङ्क्रमण थप फैलिन नदिन भन्दै देशका आधाभन्दा बढी जिल्लामा स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन् । देशका ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा बुधवार राति १२ बजेदेखि एक हप्ते निषेधाज्ञा जारी छ ।
देशका धेरै ठाउँमा निषेधाज्ञा जारी गरिएपनि कोरोना नियन्त्रणको उपाय यो मात्रै नभएको विज्ञहरुले बताएका छन् । निषेधाज्ञालाई तयारीका लागि मात्रै उपयोग गर्नु पर्ने र सधैं निषेधाज्ञा उपयुक्त, संभव र व्यवहारिक नहुने उनीहरुको भनाई छ । जहाँसक्रिय सङ्क्रमित छन् त्यहाँ मानिसहरूको गतिविधिलाई निषेध गर्न र वरपरका जिल्लामा सतर्कता अपनाउन उनीहरुले सुझाव दिदै आएका छन् ।







