
दक्षिण कोरिया ,नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंच ख्वाङजु – योङगीन कमिटीको चौथो अधिवेशन यही जुलाई १७ तारिखका दिन आइतबार हुने भएको छ।
‘समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान, प्रवास बाट लगानी,प्रवास बाटै मतदान’ भन्ने मूल नारा सहित
नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंच ख्वाङजु – योङगीन कमिटीले चौथो अधिवेशन यही जुलाई १७ तारिख आइतबार सम्पन्न गर्न लागेको हाे।
कमिटीले एक सुचना जारी गर्दै जुलाई १७ मा ख्याङ्गिदाे ख्वाङ्जुसी छुङ्आङराेमा कार्यक्रम हुने जनाएको छ। कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा प्रवासी नेपाली मन्च द कोरियाको केन्द्रिय कमिटी अध्यक्ष सृजना नेपालीको प्रमुख आतिथ्यतामा अधिबेशनमा हुन लागेको छ।
दक्षिण कोरियामा रहनुहने सामाजीक, राजनीतक,जातीय ,क्षेत्रिय धार्मिक संघसंस्था,नेकपा एमाले समर्थित कार्यकर्ता एबं काेरियामा रहनुहुने सम्पूर्ण प्रवासी नेपालीहरूलाई उपस्थितिको लागी संस्थाले अनुरोध गरेको छ।








