यहि आउदो जुलाई १६ शनिवार साझ आठ बजे ननेपाली राजदूतावास काेरियाले मानसिक स्वास्थ्य सम्बन्धी खुला छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
काेरियाका लागि श्रम कन्सुलर रमा भट्टराई ले जानकारी दिनुभए अनुसार काेरिया विभिन्न क्षेत्रमा काम गर्नुहुने नेपाली श्रमिकहरुमा कामका कारणले र घरपरिवारका कारणले लगायत अन्य थुप्रै समस्या का कारण उहाँहरुमा आइपर्ने मानसिक समस्याको पहिचान गरि सरल तरिकाले निवारण गर्ने उदेश्यका साथ दूतावासले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाम्रो कान्तिपुरलाई बताउनुभएको छ। कार्यक्रमकाे सह आयाेजक एनआरएनए काेरिया रहेकाे छ । त्यसैगरी प्रशिक्षक मनाेविद स्वामी अनुपम पाेख्रेल हुनुहुन्छ ।
कार्यक्रम काेरियामा रहनुहुने सम्पूर्णलाई सहभागिताको लागि दूतावासले अनुरोध गरेको छ।








