
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको विधान अधिवेशन जुलाई १० तारिख आज आइतबार सम्पन्न भएको छ ।
कार्यक्रम भाैतिक उपस्थिति र भर्चुअल माध्यम जुमबाट गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि भने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नेता प्रदीप पौडेल भर्चुअल माध्यमबाट उपस्थित भएका थिए ।

जनसम्पर्क समिति दक्षिण कोरियाले विधान अधिवेशनमा काेरियामा रहेका आम नेपालीहरुलाई पनि उपस्थितकाे लागि अनुरोध गरेको थियोे।
अधिवेशनमा भाैतिक उपस्थिति र भर्चुअल गरि लगभग २ तिहाईकाे सहभागीता रहेको थियाे ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा विधान अधिवेशन कार्यक्रम सम्पन्न भएको बताएको छ।








