
काठमाडौं । बाग्मती प्रदेश सिंचाई तथा खानेपानी मन्त्री वशन्त मानन्धरको प्रमुख आतिथ्यतामा ऐतिहासिक तथा पुरातात्विक सम्पदा कोहिति समुद्घाटन सम्पन्न भएकाे छ ।
टोखाका युवा समाजसेवी एवम् क्वोहिती निर्माण समन्वयकर्ता सुशान्त डंगोलको अगुवाइमा टोखा नगरपालिका वडा नं. ३ मा रहेको ऐतिासिक तथा पुरातातित्वक सम्पदा कोहितिको निर्माण सम्पन्न गरेर आफुलाई उद्घाटन गर्ने सुवर्णअवसर दिनु भएकोमा कोहिति निमार्ण समिति टोखाबासीहरुमा कृतज्ञता दिइ भनुभयो ‘पानी मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले हितिको संरक्षण गर्नु सबै मानव जाति र सम्पदाप्रेमीको दायित्व रहेको धारणा राखे ।
प्रमुख अतिथि बाग्मती सिंचाई तथा खानेपानी मन्त्री वशन्त मानन्धरले ‘आकाशबाट परेको पानीलाई रेन वाटर हार्भेस्तिङ गरेर पुनः प्रयोगमा ल्याउनका लागि बाग्मती प्रदेशले काम गरिरहेको जनाउँदै पानी रिचार्जको ब्यवस्था गर्नसकेको खण्डमा हाम्रा मुहानहरु निरन्तर बगिरहने, जमिनहरु सदासदा ओसिलो भएपछि भुक्षय मरभूमिकरण हुनबाट बचाउने भएको ले बाग्मती प्रदेश ले रेनवाटर हार्भेस्तिङ प्रविधि घरघरमा लगाउने तयारी भइरहेको जानकारी गराउनु भयो ।

विशेष अतिथि मुनायो हेमराज श्रेष्ठले ‘टोखाको संस्कृति सुरक्षित गरेर बचाई राख्न अह्रोरात्र खति रहनु हुने भिन्द्यो डंगोल र
भाईलाल डंगोलको कार्य सह्राहनीय छ उहाँहरुबाट समाजेसेवी भनाउदाहरुले धेरै कुरा सिक्नु पर्ने जाेड दिए । उहाँहरूले एक अक्षर नपढीकन पनि संस्कृति संरक्षण र सुरक्षित हस्तान्तरणमा देखाउनु भएको सदासयताप्रति नमन गर्दै आउँदा दिनहरुमा पनि यस्तै—यस्तै समाजसेवी काम गर्न सकुन् भनेर सुस्वाथ्य एवम् दिघायुको कामना गरे।

नेवाः देय् दबूबाट अतिथिका रूपमा पाल्नु भएका रमेश नापितले भाइलाल डंगोल र भिन्द्यो डंगोलले हिति पुर्ननिर्माण कार्यमा जग्गा दान गरेर देखाउनुभएको उदारता र टोखाका विविध सांस्कृतिक समूहहरुको निरन्तरताको लागि दुई लाख रुपैंयाको अक्षय कोषको स्थापना गरेर पुर्खाले सिर्जेका सम्पदा संरक्षण गर्न मानव चेतनमा बिजारोपन गरेको उपलक्ष्यमा बधाई ज्ञापन गरे ।

जनप्रतिनिधि हरिकृष्ण श्रेष्ठले हिति निर्माण कार्यमा जग्गा दान गर्नुहुने बाहरुप्रति सलाम गर्दै समाजसेवी परिवारको परिचय बोकेको भिन्द्यो र भाइलाल डंगोलको परिवारबाट हाम्रो नेपाली समाजले धेरै कुरा सिक्न बाँकी छ भनेर प्रंशसा गरे ।
कार्यक्रममा अतिथि टोखानपा २ नं अध्यक्ष धर्बेन्द्र श्रेष्ठ जनप्रतिनिधि शान्ता राई, सदस्य हिराकाजि डंगोल शान्ति बगर टोल बिकास समिति अध्यक्ष पम्बर लामा, बिष्णुमति करिदोर अध्यक्ष हरिदास श्रेष्ठ रहेको कार्यक्रम कोहिति पालिख्यः टोल विकास संस्थाका अध्यक्ष सानू डंगोलको सभापतित्व सम्पन्न भएको थियो ।







