
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यमबुद्धको नामले परिचित र्यापर अनिल अधिकारीको शालिक आफ्नै तलबबाट बनाउने घोषणा गर्नुभएको छ ।यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
मेयरले आफ्नो प्राथमिकताविपरीत लन्डनमा ६ वर्षअघि आत्महत्या गरेका गायक यमबुद्धको शालिक बनाउन लागेको भन्दै चर्को विरोध भएको थियो ।मेयर बालेले शनिबार फेसबुकमा लेख्नुभएको छ, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु ।’शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन भएको छैन ।







