
सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री आबेको शुक्रबार विहान चुनावी अभियानका क्रमममा गोली प्रहार गरी हत्या गरिएको हो।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दे जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीका अलावा नेताहरुले पनि घटनाको भत्सर्ना गरेका छन् ।आबे जापानको इतिहासमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम उमेर र बढी समय प्रधानमन्त्री बनेका थिए ।







