
नेपाली राजदूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे जुलाई १० तारिख आतबारका दिन मध्याह्न १२ बजे छन्जु जल्लाबुक्दाेमा कार्यक्रम गर्ने भएको छ । दुतासले याे भन्दा अघि पनि यस्ता धरै कार्यक्रमहरु गरिसकेका छन् ।
नेपाली राजदुतावास काेरियाले सधैभरी कोरियामा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुविधा र हितमा काम गर्न चाहेकाे पनि दूतावासका लागि श्रम काउन्सिलर रमा भट्टराईले बताएकी छन् ।
राजदूतावासले काेरियाले आगामी जुलाई १० तारिख उक्त कार्यक्रम गर्ने भएको हाे ।
कार्यक्रममा श्रम काउन्सिलर रमा भट्टराईको पनि उपस्थिति रहनेछ। भट्टराई पछिल्लो समय नेपाली श्रमिकहरुकाे समस्या पहिचान गर्ने र उक्त समस्या समाधान गर्नका लागि पनि नेपाली राजदुतावास काेरियाकाे तर्फबाटपनि निकै सक्रिय रुपमा प्रस्तुत भइरहेकी छन् ।
राजदूतावास सउलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा श्रमिकका समस्या र घर फिर्ती तथा राजदूतावासले प्रदान गर्ने सेवाको विषयमा श्रमिकहरुसँग अन्तर्क्रिया गरिनेछ ।
यसाे गर्दा श्रमिकका लागि केही मात्रामा सहजता मिल्ने र श्रमिकका अन्य विषयमा पनि जिज्ञासा प्राप्त गरि सहजता प्रदान गर्न सकिने दुतावासकाे बुझाइ छ ।
कार्यक्रमकाे सहयोगी भुमिकामा भने जेबी बैंक,सिद्धार्थ बैंक र जी मनि ट्रान्स रहेकाे छ ।
उक्त कार्यक्रममा छन्जु जल्लाबुक्दाे आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सहभागि हुन पनि राजदूतावासकाे अनुरोध छ।







