काठमाडौं, बुधबार सुनको भाउ १६०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।







