
सुकुटेबिचको टेन्टमा सामुहिक बलत्कार। पर्यटनको नाममा अनैतिक घटना बढ्दो ।
सिन्धुपाल्चोक,सिन्धुपाल्चोकमा अर्को बलत्कारको घटना सार्वजनिक भएको छ । असार १८ गते आइतबार बिहान करिव २ बजेको समयमा उक्त घटना भएको हो । राजधानिबाट ११ जना केटा र २ जना केटी भएको उक्त टोलिमा, साथीहरुसँग रमाइलो गर्न युवती सुकेटे बीचमा पुगेका सबैले राति अबेरसम्म रमाइलो गरे ।
१३ जनाको मध्ये कसैले रक्सि पिए त कसैल बियर अनि कसैले जुस । बलात्कृत युवतीले अलि बढी नै रक्सी पिएकी थिइन् । मदिरा लागेपछि युवतीलाई एकजना केटा साथीले टेन्टसम्म पुर्याइदिएर फर्किएका थिए । भारि बर्षाको कारण युवतिको चित्कार कसैले सुन्न सकेनन् ।
आरोपि तिनै जनाले पालैपालो टेन्टको बाहिर बस्ने र भित्र-बाहिर गरेको घटना सिसीटिभिमा देखिन्छ ।
तीनजनाले बलात्कार गरेपछि सो युवती टेन्टबाट बाहिर निस्केर साथीहरुलाई खबर गरिन् । त्यसपछि आरोपीको खोजी भयो । तीनैजना युवक भागिसकेका थिए । सुकेटे बीचमा तीनजना आरोपीको पहिचान गर्न प्रयास थालियो । उनीहरुको आइडीकार्ड छुटेको रहेछ । त्यही आधारमा पक्राउ परे ।
आरोपि युवाहरु नेपालगञ्ज र, विरगंज घर भएको र हाल कलंकी चोकमा बस्ने खुलेपछि आरोपिहरुलाइ पक्राउ गरिएको हो । घटनामा संलग्न युवकहरु कोही नेपालगञ्ज त कोही वीरगञ्ज घर भएको खुल्यो । उनीहरु कलंकीको गणेशमान चोकमा बस्दै आएको भेटिएपछि, प्रहरी प्रशासनले पक्राउ गरि अनुसन्धानको लागि सिन्धुपाल्चोक ल्याइएको छ ।
बलात्कारका आरोपीमध्येका रुस कार्की, प्रिन्स थपलिया र सुलभ क्षेत्रीलाई कालीमाटी प्रहरीले पक्राउ गरेको छ । युवकको उमेर १७,१८र २६ वर्षको रहेको छ भने,बलात्कृत २८ वर्षीया युवती भक्तपुरमा बस्दै-आएकि छिन् ।
प्रहरी प्रशासनलाई बुझ्दा आरोपीहरुलाई पक्राऊ गरी ल्याइएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले किटानी जाहेरी आएको र अनुसन्धान अगाडि बढेको बताउनुभयो







