
सिन्धुपाल्चोक सुनकोशी ७ मा ८१ बर्षिय वृद्ध पुरुष पक्राउ परेका छन् । उनिमाथि नाताले नातिनि पर्ने ११ वर्षिय बालिका माथि बलात्कार गरेको आराेप छ ।
यहि असार १६ गते ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिगएको प्रहरी टोलीले उक्त बृद्ध पुरुषलाई पक्राउ गरी मुलुकी अपराध (संहिता) २०७४ को करणी सम्बन्धी कसुरमा मिति २०७९।०३।१७ गते सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएको छ।







