
सिन्धुपाल्चोक सुनकोशी ७ मा ८१ बर्षिय पुरुष द्वारा नाताले नातिनि पर्ने ११ वर्षिय बालिका माथि करणि भएको छ ।आज बिहिबार दिउसो करिब २:३० बजे घरमा परिवारको अन्य सदस्य नभएको बेला घरेलु काम गरिरहेको ति बालिकालाइ आफ्नै नातेदार हजुरबा पर्ने ८१ वर्षिय बृद्ध पुरुष द्वारा करणि भएको हो ।
घटनाको केहि समयपछि बेहोसि अवस्थामा रहेको ति बालिकालाइ बाह्रबिसे -९ स्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार तथा मेडिकलको लागि ल्याइएको आफन्तले जानकारी दिएका छन् ।
परिवारको अनुसार सबै घटना प्रहरी प्रशासनमा जानकारी भइसकेकाले प्रशासन पिडकलाइ हिरासतमा लिन अगि बढिसकेको समेत परिवारले जानकारी दिए ।







