
पोखरा, पोखरा समुदायमा कोरोना संक्रमण फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।
स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिएका छन ।
बिहीबार सोही परिवारका ११ वर्ष र १४ वर्षका दुई बाबुनानीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । तीन दाजु भाइका १३ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमण हुनेमा सबैभन्दा वृद्ध ८१ वर्षका पुरुष छन्।







