
टोखा नगरपालिकाकी प्रथम नर्स हिरा देवी डंगोलको युवा वयस्यकहरूमा ‘पोषण ज्ञान र व्यवहार’ पुस्तकको बिमोचन भएको छ ।
टोखा क्येबःको सातौं बार्षिक उत्सवको अवसरमा पारेर विमोचन गरिएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव इश्वर पोखरेल तथा विषेश अतिथि टोखानिवासी मू नायो हेमराज श्रेष्ठ, अतिथि अधिकारी उपमेयर मुरारी तामाङ निवर्तमान उपमेयर ज्ञानमाया डंगोलले पि कार्यक्रममा उपस्थिति जनाएका थिए ।
कार्यक्रमको अतिथि टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले टोखाको संस्कृति, सम्पदा क्षेत्रको संरक्षण सम्बद्धन गरी पर्यटन प्रबद्वन गर्नका लागि प्रतिबद्वता व्यक्त गरी टोखाका परम्परागत कलात्मक डाछि इट्टा घर बनाउनेलाई नक्सा पास गर्नमा छुट दिने व्यवस्था गरिएको जनाए ।
कार्यक्रममा क्येबको कल्पनाकार एंवम् समाजसेवी मनिराज डंगोल क्येबः स्थापनाको महत्त्व एवम् सेयर धनी सदस्यहरुको सहयोगलाई धन्यवाद प्रकट गर्दै अहिलेसम्म ११ जना सदस्यहरु अब्बल रहेको जनाए ।
मनिराज डकर्मी निर्माण व्यवसायी समाजसेवी क्येबः कल्पनालाई यथार्थमा धाल्न सफल बनाउन समाजसेवी सुशान्त डंगोल, निमार्ण व्यवसायी दिपेन्द्र डंगोल (कान्छा) निर्माण व्यवसायी कृषि व्यवसायी, यातायात व्यवसायी, समाजसेवी लक्ष्मीनारायण श्रेष्ठ, टोखा निर्माण व्यवसायी संघको निवर्तमान अध्यक्ष प्रशान्त डंगोल (साहित्य क्षेत्रमा पहिलो माक्र्सवादी सिद्दान्तमा अधारित पश्चिममा शैलीको सांस्कृतिक महाकाव्य रचयिता), फुटबल खेलाडी एवम् समाजसेवी प्रेमलाल महर्जन, सजन डंगोल ए डिभिजन फुटबल खेलाडी, हरिकृष्ण श्रेष्ठ वडासदस्य विशाल स्काउट शिक्षक उपस्थित रहेको कार्यक्रममा सम्पुर्ण सदस्य हरुलाई बधाई ज्ञापन गरेका थिए ।
असार १३ गते भएको कार्यक्रममा टोखा नगरपालिकाबाट निर्वाचित सम्पूण जनप्रतिनिधहरूलाई बढाई ज्ञापन समेत दिएको थियो ।









