
विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ ।
उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएको हुन्छ । जसमा बेहुलीले जितिन् भने बेहुलाले हारे ।
खेल सकिएलगत्तै बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियोमा देखिन्छ । भिडियो हेरेपछि दर्शकहरू बेहुलाप्रति आक्रोशित भएका छन् ।
रमाइलोका लागि गरिएको खेल पछि नरमाइलोमा परिणत भएको देखिएको छ ।एजेन्सी







