
नुवाकोटमा विद्यालय हिडेकी एक शिक्षिका स्कुटरसहित भिरबाट लडेर खोलामा खसेकी छिन् ।तादी गाउँपालिका–४ स्थित घिरौले भिरमा सुन्दरा मावि सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ।शिक्षिका बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् ।
उनी सवार स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलाले बगाउँदा आचार्यको ज्यान गएको हो । उनको घर दुप्चेश्वर गाउँपालिका–६मा पर्छ ।







