
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। मन्त्री वली बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर इन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीको रक्तचाप र सुगरको मात्रा बढेको छ।
अस्पतालको क्याविनमा भर्ना भएकी वलीको स्वास्थ्य स्थितिबारे थप परीक्षणपछि मात्रै थाहा हुनेछ ।
दाङको तुलसीपुरकी एक महिला र नाबालिकालाई घरमै पुगेर मन्त्री वलीले मंगलबार कुटपिट गरेको भनि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित स्थानीय मीना भण्डारी बस्नेतको घरमा पुगेकी वलीले मीना र उनकी नाबालक छोरीलाई कुटपिट गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीको आग्रहमा प्रहरीले मंगलबार रातिनै बुटवल ल्याएको थियो। वलीलाई बुटवल ल्याएपछि राति नै लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको हाे।







