
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा जम्मा भएर पीडित परिवारले नाराबाजी गरेका हुन ।
मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मिना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ । घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले प्रदर्शन गरेपछि थप अनुसन्धानका लागि मन्त्री लाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ ।
उनलाई एसपीकै निर्देशनमा क्वाटरमा राखिएको छ । स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ ल्याई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।







