
रौतहट, रौतहटको कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गरेको आरोपमा गैरदलित युवकमाथि जबरस्ती करणी उद्योगको मुदा दर्ता गरिएको छ । कटहरिया नगरपालिका वडा २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहमाथि करणी उद्योगमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताएका छन ।
४ दिनअघि गाउँकै एक दलित बालिकालाई ललाईफकाई करणी गर्न लागेको पीडितका बाबुको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएका छन । बालिकाको स्वास्थ परीक्षण समेत भैसकेको डिएसपी महतोले जानकारी दिए । घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएका छन ।






