काठमाडौं, मंगलबार सुनको भाउ तोलामा एकैपटक १८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँ मुल्य रहेको छ ।
चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।








