
काठमाडौं,सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँ रहेको को छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।







