काठमाडौं,चैत जेठ २९ गते। गएको २४ घण्टामा १९ जना संक्रमित थपिएका छन् । ३ हजार ४५३ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ११ जना र एन्टीजेन परिक्षण विधिबाट ८ जना गरि १९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको घण्टामा १२ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६७२०४ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।








