कांग्रेसको एकलौटी सरकार नभएकाले अनावश्यक माग नराख्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।ट्रेड युनियन कांग्रेसको महाधिवेशनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै देउवाले मजदुरका सबै माग पूरा गर्ने हैसियतमा सरकार नरहेको बताए ।
यो कांग्रेसको एकलौटी सरकार होइन, नबुझिकन धेरै क्लेम गर्न भएन,’ देउवाले भने । निजी र अनौपचारिक क्षेत्रका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने देउवाले बताए ।







