
काठमाडौं, चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामै विदेशबाट ४५ करोड २९ लाख रुपैयाँ बराबरको बाख्रा आयात भएको छ । भन्सार विभागका अनुसार चालू वर्षको १० महिने अवधिमा विदेशबाट उक्त मूल्य बराबरको बाख्रा आयात भएको हो ।
सो अवधिमा ५० हजार ५८७ वटा बाख्रा भित्रिएका छन् । बाख्रा आयातकर्ताले ४५ करोड रुपैयाँ बराबरको बाख्रा आयात गर्दा ४ करोड ७ लाख ८४ हजार रुपैयाँ भन्सार बुझाएका छन् ।
यस अवधिमा विदेशबाट १३ लाख १२ हजार रुपैयाँ बराबरको भेडा भित्रिएका छन् । विभागका अनुसार चीनबाट उक्त मूल्य बराबरका २२० वटा भेडा नेपाल भित्रिएका हुन् ।







