
काठमाडौं, शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।
महानगरले सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सो सूचना प्रकाशित गरेको मितिले सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
उक्त सूचनामा भनिएको छ, ‘सर्वसाधारणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरपालिका क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी संघ–संस्थाको शौचालयलाई सार्वजनिक बनाउन सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएकोले यो सूचना प्रकाशित गरिएको छ ।’







