
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना पुष्टि भएका छन भने कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९ सय ३८ जना पुगेका छन । देशभर क्वारेन्टाइनमा रहेको सङ्ख्या १३ हजार ५ सय ७१ रहेको छ ।
बुधबार नेपालमा कोरोनामुक्त भई १२० जना डिस्चार्ज भएका छन भने देशभर डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७०० रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
आज ६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन भने हालसम्म नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १२० पुगेको छ ।







