प्राइम टेलिभिजनका समाचार सम्याेजक कमलमणि पाेखरेललाई गत जेठ १५ गते अनिल स्मृती पत्रकारिता पुरस्कार प्रदान
गरिएको छ।

स्व. अनिल गौतम (दृश्य सम्पादक) को स्मृतीमा स्थापना गरिएको पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति पाेख्रेल बनेका हुन् ।
त्यसैगरी टेलिभिजनका उत्कुष्ट व्यवस्थापक प्रमुख संचालन अधिकृत मनोज न्यौपानेलाई पनि सम्मानित गरिएको थियो ।

त्यसैगरी टेलिभिजनमा कार्यरत विभिन्न विभागमा कार्यरत संचारकर्मि र कर्मचारिहरुलाई अभिनन्दन र प्रशंसा पत्र प्रदान गरिएको थियो ।
शताब्दि पुरुष सत्यमोहन जोशीलाई विशेष सम्मान प्रदान गरिएको थियो भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई सफल मन्त्रीको रुपमा सम्मान गरिएको थियो । जेठ १५ गते टेलिभिजन स्थापनाको ४ वर्ष पूरा भएर पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।
पाेख्रेल प्राइम टाइम्स टेलिभिजनमा विगत ५ वर्षदेखिनै कार्यरत छन् । टेलिभिजनले न्यूज रुममा सफल लगनशील र सहयोगी लिडरकाे रुपमा पनि पाेख्रेललाई लिएको बुझिएको छ ।









