
काठमाडौं, कबड्डी ४ की नायिका मिरुना मगर विरुद्ध मंगलवार चावहिलको केएल टावर अगाडि प्रदर्शन भएकको छ । बौद्ध धर्मावलम्वी तथा युवाहरुको समूहले मंगलबार चावहिलमा प्रदर्शन गरेको हो ।
प्रदर्शनम उत्रिएका युवाहरुले केएल टावरमा रहेका एफक्युव हलमा सो फिल्मको मंगलबारको सबै शो बन्द गराएको नेपाल प्रहरीका प्रबक्ता विष्णुकुमार केसीले जानकारी दिएका छन् ।
यसैगरी प्रदर्शनकारीले कवड्डी ४ फिल्मविरुद्ध नै नाराबाजी गरेका थिए भने चलचित्रमा लामाहरुको विषयमा देखाइएको दृश्यसमेत हटाउन माग गरिएको छ ।
यसअघि आइतबार दर्शकसहित फिल्म हेर्ने सिभिल मल पुगेकी मिरुनालाई चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किदा मलको कफी शपमा एक बौद्ध भिक्षुले व्याड टच गरेको आरोप लगाएकी थिइन् ।







