
काठमाडौं, काठमाडौं महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । आज काठमाडौंका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोलसहितका ३२ वडाकै नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् ।


सोमबार राष्ट्रियसभा गृहमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराएका हुन् ।
यसैगरी काठमाडौं महानगरको मेयरमा साह स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उपमेयर डंगोल एमालेबाट निर्वाचित भएकी हुन् ।







