
बुसान,प्रवासी नेपाली मञ्च (ONF) दक्षिण कोरिया बुसान कमिटीको छैटाैं अधिवेशन आइतबार बुसानमन सम्पन्न भएको छ। “सम्वृद्द नेपाल निर्माणमा प्रवासकाे याेगदान, प्रवासबाट लगानी प्रवास बाट मतदान” भन्ने मूलनाराका साथ उक्त अधिवेशन सम्पन्न भएको हाे ।
संस्थाका निवर्तमान अध्यक्ष सन्तोष वरालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अथितिको आथित्यता प्रवासी नेपाली मञ्च दक्षिण काेरीयाकाे अध्यक्ष क. सृजना नेपालीले गरेकी थिइन् ।
त्यसैगरि उक्त कार्यक्रममा NRNA द. काेरीयाकाे वरिष्ठ उपाध्यक्ष श्री सञ्जिव कुमार राई, NCC बुसानका अध्यक्ष संगित अधिकारी लगायत दक्षिण काेरीयामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी लगायतकाे उपस्थिति रहेकाे थियाे।
संगठनका निवर्तमान सचिव तगेन्द्र राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए।

त्यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथि लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च द.काेरीयाकाे अध्यक्ष सृजना नेपालीले संगठनकाे बारेमा थप प्रकाश पारेकी थिइन् ।
निवर्तमान अध्यक्ष सन्ताेस बरालकाे संगठानिक, आर्थिक , राजनैतिक प्रतिवेदन प्रस्तुतसंगै सुरु भएकाे बन्द सत्रबाट सर्वसम्मतले १५ सदस्सीय कमिटी गठन गरेकाे थियाे। उक्त निर्वाचन कार्यलाई मर्यादित तवरले सम्पन्न गर्न निर्वाचन मण्डलमा रहेका उपस्थितिकर्ताहरुले महत्त्वपूर्ण भुमिका निभाई निम्नअनुसार निर्वाचन कमिटीको घाेषणा गरेका छन् ।
जसअनुसारअध्यक्षमा : तगेन्द्र राई उपाध्यक्ष : रमेश श्रेष्ठ उपाध्यक्ष: दिप थापा मगरसचिव : शिव विश्वकर्मा उप सचिव: पुजन राई र सदस्यहरु:१) शिव साहि २)सुरज गाैडेल ३)दिनेश शर्मा
४)सुमन अथधिकारी ५)नेत्र वाइवा६)तेजु गुरुङ७)विक्रम गुरुङ ८)आशिष गुरुङ ९)राम पाैडेल१०)राजु तिवारी रहेका छन् ।

नव निर्वाचित अध्यक्ष तगेन्द्र राईले संगठनप्रतिको उदेश्य जस्ता कार्यहरुको प्रतिबद्धता याेजनाहरु सहित मन्तव्य राख्दै निर्वाचन मण्डल, बन्दसत्रमा उपस्थित रहनु भएका पार्टीगत संगठनका सम्पुर्णप्रति धन्यवाद , आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।







