
काठमाडौं, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले सोमबार शपथ ग्रहण गर्दैछन् । राष्ट्रिय सभागृहमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम रहेको छ ।
महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ‘बालेन’ अत्यधिक मतसहित निर्वाचित भएका छन् ।
यसअघि उनले ६१ हजार ७६७ मत ल्याएका थिए भने उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।







