
टेक्सस, अमेरिकाको एक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा २१ जना मारिएका छन् । अमेरिकाको टेक्ससमा एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २१ जना पीडितमध्ये १८ जना बालबालिका र तीन जना वयस्क रहेको छ । राज्य सिनेटर रोलान्ड गुटेरेजले आक्रमणकारीले पिस्तोल र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।
यसैगरी अठार वर्षका आक्रमणकारीले आक्रमण गरेकाले उनको पनि मृत्यु भएको हुनसक्ने बताइएको छ । राज्यका गभर्नर ग्रेग याबटले रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको जानकारी दिए। उक्त विद्यालयमा ७ देखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।एजेन्सी






