पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७६८ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । मृत्युदर शून्य छ। गत २४ घण्टामा १३ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिले देशभर सक्रिय सङ्क्रमित १४१ जना रहेका छन








