
काठमाडौं, पछिल्लो समय सुन्दरी प्रतियोगी सुस्मिता रेग्मीको घटना सेलाउन नपाउँदै फेरि अर्को बलात्कारको घटना बाहिरिएको छ । सामाजिक सञ्जालदेखि सडकसम्म बलात्कार घटना विरुद्धको आवाज गुन्जिन थालेपछि यसरी गोप्य रहेका घटना बाहिरिएको हो ।
यसैगरी आइतवार अर्कि युवतिले पनि ७ वर्षअघि आफू प्रधानध्यापकबाट बलात्कार भएको जानकारी गराएकी छिन् ।
उनले सामाजिक सञजालमा लेखेकी छन्,
“७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।
घटना वर्ष( २०७२/७३ को आसपासको हो। म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो । (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु ।) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो ।
प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिनँ । म डराईरहेको थिएँ र मलाई पसिना आइरहेको थियो र उसले मलाई यता आउ यहाँ गर्मी हुदैनू भन्दै कोठा तिर जान भन्यो। त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो।
उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम मेरो एसईई सम्म २ बर्ष सम्म जारी रह्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो ।
उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चै छोरी राम्रो पढ्दै छे र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यहि भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थियो ।
मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै हुन दिनु, मेरो आमा स्कूलबाट ५ मिनेट टाढा बस्नु हुन्थियो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन रु तर यो मेरो जीवनको वास्तविक कथा हो।
मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन्। म बाल्यकालदेखि नै हँकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ। मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भनेँ । उसको त्यतिबेला श्रीमती र एक छोरा थिए । तर उनले पनि मेरो लागि बोलीनन्। मैले स्कुलमा ३ पटक ९२ वर्ष भित्र आत्महत्या गर्ने असफल प्रयास गरेँ। न म मरे, न मेरो समस्या समाधान भयो।
एसईई सकेपछि परिवारलाइ यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो बलात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन्। जब म फलोअप गर्थें, प्रहरीले कहिले बलात्कारीलाई खोज्दैछौ भन्छ। ७ बर्ष भैसक्यो तर बलात्कारी कहाँ छ ? अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडें, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।
बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु ।
न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दैछु ।” सामाजिक सञ्जालबाट साभार







