
भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तर बनाएकी छिन् । दाहालले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५ हजार भन्दा बढी मतले पछाडि पारेकी छिन् ।
रेनुले २७ हजार ४१२ मत प्राप्त गरेकी छिन् । सुवेदीले २२ हजार २७९ मत ल्याएका छन् ।काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको ९ हजार ५५२ मत आएको छ ।







