
बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको हो ।छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै विरोध प्रदर्शन गरेको हो ।







