
काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी भोलि विहान ११ सदस्यीय टोलीसहित लुम्बिनी भ्रमणको लागि नेपाल आउने भएका छन् ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्यीय टोलीसहित प्रधानमन्त्री मोदी औपचारिक भ्रमणमा लुम्विनी आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी भारतको कुसिनगर हुँदै हेलिकप्टरबाट सिधै लुम्बिनी आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत १८ देखि २० गतेसम्म गरेको भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएसँगै प्रधानमन्त्री मोदी २५६६ औं बुद्ध जयन्ति तथा लुम्बिनी दिवस (बुद्ध पूर्णिमा) को अवसरमा लुम्बिनी आउने लागेका हुन् ।







