
काठमाडौं, काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा आकाश धितालले ५१२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत प्राप्त गरेका छन् ।
यसैगरी बूढानिलकण्ठको मेयरमा एमालेका मिठाराम अधिकारीले अग्रता लिएका छन् । दोस्रोमा कांग्रेसका विनोद चालिसे छन् ।







