
काठमार्डौं, पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मतगणनाको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ४४५३ मत गणना गर्दा बालेनले १५८७ मत पाएका छन् ।
हाल राष्ट्रिय सभागृहमा जारी मतगणना अनुसार परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ८२२ मत प्राप्त गरेकी छन् ।







