
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । शनिवार भइरहेको मतगणनामा साह ४५२ मतसहित पहिलो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३८८ मतसहित दोस्रो स्थानमा छन् । शनिवार साँझसम्मको नतिजामा कांग्रेस नेतृ सिंहले २४० मत पाएकी छिन् ।गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् । पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेत्री सिंह साझा उम्मेदवार हुन् ।
उनलाई माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको समेत समर्थन रहेको छ ।तीन लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा शुक्रवार भएको मतदानमा १ लाख ९० हजार १ सय ७० मत खसेको थियो ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत सहित विजयी भएका थिए । दोस्रो स्थानको कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए ।







