
काठमाडौं, राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेरामेन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उनी भिडिओका क्यामेरामेन हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा अनुसन्धान भैरहेको र गायकको खोजी कार्य तिव्र रहेको महाशाखाका प्रवक्ता ईश्वर कार्किले सञ्चारमाध्यमलाई बताएका छन ।






