
काठमाडौं, बुधबार सुन–चाँदी को भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ ९७ हजार २०० रुपैयाँ कायम रहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ पनि स्थिर देखिएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १२९० रुपैयाँ निर्धारण छ । मंगलबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।







