
काठमाडौं, सुनको भाउ लगातार चार दिनदेखि घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३४० रुपैयाँ कायम भएको छ ।







