
काठमाडौं, राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले यस बर्षको एसइइमा कुनै पनि विद्यार्थी फेल नभएको स्पष्ट पारेका छन । एसइइ नतिजामा फेल भन्ने नै नहुने र अझ धेरै प्राप्ताङ्क चाहनेहरुले मात्र फेरि परिक्षा दिनुपर्ने पौडेलले बताएका छन ।
प्राप्ताङ्कका आधारमा कुन विषय बढ्न पाउने र कुन विषय बढ्ने नपाउने भन्ने मात्रै फरक हुने उनले बताएका छन ।
अहिलेको नतिजामा परीक्षा वोर्डको कुनै भूमिका नभएको उनले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिएका छन । उनका अनुसार, विद्यालयहरुले जे जे नतिजा पठाए, त्यसैलाई हामीले सार्वजनिक गरेर औपचारिकता मात्रै थिएको हौँ । प्रश्नपत्र बनाउने, परीक्षा लिने, उत्तरपुस्तीका परीक्षण गर्ने लगायतका कुनै पनि काम वोर्ड गरेको होईन ।
केही समयमा कक्षा १२ को पनि परीक्षा गर्ने र नतिजा सार्वजनिक गर्ने बारेमा आन्तरिक तयारी भइरहेको बताएका छन । परीक्षा कसरी गर्ने भन्ने बारेमा विभिन्न उपायहरुमाथी छलफल भइरहेको र के उपाय अपनाउने भन्ने बारेमा निर्णय भइनसकेको जानकारी दिएका छन ।






