काठमाडौं, मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता,मंगलबार चाँदीको भाउ भने स्थिर कायम भएको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।







