
काठमाडौं, सुनको भाउ एकैदिन प्रतितोला १५०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५०० रुपैयाँले घटेर १ लाख ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १०० रुपैयाँ निर्धारण भएको छ ।बुधबार चाँदीको पनि प्रतितोला ३५ रुपैयाँले घटेर १३८५ रुपैयाँ कायम भएको छ ।







