
काभ्रे, धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ बर्षीय बृद्धको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उहाँमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।
बृद्ध अवस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो । तर समय मै ‘ए’ प्लस पोजेटिभ रगत नपाएको परिवारले जनाएको छ । प्लाज्मा थेरापीका लागि संक्रमण भएर निको भएका जुन समूहको बिरामी हो, त्यससँगै मिल्ने समूहको रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ । उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उहाँहरु दुवै जना काठमाडौंमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण भइरहेको छ ।






