
काठमाडौं, सरकारले लागू गरेको कर्फ्यु उलङ्घन गरेको आरोपमा श्रीलङ्कामा कम्तीमा ६६४ जनालाई नियन्त्रणमा लिइएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिएका छन् ।
यसैगरी आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरु विरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ ।
आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरु र सुरक्षाकर्मी बीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए ।एजेन्सी
You sent
66






