
वासिङ्टन, संयुक्त राष्ट अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत,
रक्षा विभाग (डीओडी)ले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ ।
सो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिने पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने । एजेन्सी






