काठमाडौं ,शुक्रबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १३६० रुपैयाँ कायम भएको छ ।







